गान्तोक: गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्र परिसरमा विश्रामगृह साथै रिडिङ कर्नरको उद्घाटन गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी.योङदाले गरिन्। यसअघि सर्वसाधारणका लागि विश्राम गृहको रूपमा रहेको यस स्थानलाई जिल्ला प्रशासनले कामको समयमा कतिपय कारणले पर्खिरहनु पर्ने कुरालाई ध्यानमा राख्दै यहाँ रिडिङ कर्नरको स्थापना गरेको हो।
यसरी पर्खि बस्दा मानिसहरूलाई दिक्क लाग्ने हुनाले उनीहरूको निम्ति समय कटनीको लागि रिडिङ कर्नरको स्थापना गरिएको बताइएको छ। यसमा विशेष गरेर चालकहरूको पनि पुस्तक पढने पानी बस्न सक्ने कुरालाई मध्यनजर राख्दै विश्रामगृह सँगै रिडिङ कर्नर स्थापना गरिएको जानकारी गराइएको छ।
यसले विद्यार्थीहरूलाई मात्र नभएर सामान्य मानिसहरूमा पनि पुस्तक पढने बानी हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यस प्रकारको पहल शुरू गरिएको हो। यस रिडिङ कर्नरमा विभिन्न प्रकारको पुस्तकहरू उपलब्ध गराइएको छ, जसमा हिन्दी साथै स्थानीय भाषामा प्रकाशित पुस्तकहरू पढने अवसर मानिसहरूले पाउने भएका छन्।










