रोहिणीमा प्रि क्रिसमस कार्यक्रम सम्पन्न

IMG-20231222-WA0254.jpg

खरसाङ: खरसाङको रोहिणी रत्नड्याङ खेल मैदानमा रोहिणी प्रेस भेटिरियन चर्चको आयोजनामा प्रि क्रिसमस कार्यक्रम आयोजना गरिएको छ। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा पंखाबारी अम्बटे लंगभ्यू समष्टिका कार्यकारी सभासद कल्पना प्रधान, रोहिणीका विभिन्न समाज र सामाजिक क्षेत्रका प्रतिनिधिहरू लगायत शिक्षकगण उपस्थित रहेका थिए। कार्यक्रममा विभिन्न ठाउँका ख्रीष्ट्रीयन कलाकारबाट गीतहरू, नृत्यहरू प्रस्तुत गरेका थिए अनि प्रमुख वक्ताको रूपमा पास्टर अामोस निर्मन सुब्बाद्वारा क्रिसमसको शुः सन्देशहरू र बाईबालहाट सुसमाचार पनि प्रचार गरेका थिए। यसको साथै रोहिणीका विभिन्न गाउँका ख्रीष्टियन मण्डली अनि मानिसहरू उपस्थित थिए। कार्यक्रममा धन्यवाद ज्ञापन पास्टर किसान गजमेरले गरेका थिए भने अन्तिम प्रार्थना रोहिणी युनाइटेडको सभापति मिलन रसाइलीले गरेका थिए भनी सुन्दर राईले जानकारी दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement