युवा कङ्ग्रेसद्वारा रक्तदान शिविर

कालचिनी: आज हाँसीमारामा कालचिनी ब्लक युवा कङ्ग्रेसको आयोजनामा स्वेच्छा रक्तदान शिविर सम्पन्न भएको जानकारी युवा कङ्ग्रेसको सदस्यहरु हारुन अन्सारी र सोहेब अन्सारीले दिएका छन।
२१ जुलाईको शहीदहरुलाई स्मरण गर्दै उक्त रक्तदान शिविर आयोजना गरिएको युवा कङ्ग्रेसको सदस्यहरुले जनाएका छन।
आज उक्त अवसरमा आईएनसी अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष डा. शान्तानु देवनाथको प्रमुख उपस्थिति रहेको थियो। रक्तदान शिविरमा एकजना महिला सहित प्रायः ३१ जनाले रक्तदान गरेको जनाएका छन। सङ्ग्रहित रक्त यूनिटलाई अलिपुरद्वार ब्लड ब्याङ्कमा जमा गरिएको आयोजक कमिटीको सदस्यहरुले जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement