कालचिनीः भारतीय रेल भनिन्छ चल्तीका नाम गाड़ी। रेलमा सबैथोक अनि सबै किसिमको मान्छेहरूसित भेट्न अनि बोल्न पाइन्छ। एउटा गुड़िरहने हाट बजार जस्तो हुन्छ रेल। रेलभित्र धेरै प्रकारको घटनाहरू हुने गर्छन्। कहिले रमाईलो, कहिले हाँस उठ्दो त कहिले दुखलाग्दो। यस्तै घटनाक्रमबीच एउटा असमगामी यात्री रेलको डिब्बामा असम कोक्राझार निवासी एकजना महिला यात्रीले बच्चा जन्म दिएकी घटना प्रकासमा आएका छन्। हाँसीमारा आरपीएफ सुत्रले दिएका जानकारी अनुसार, बिहीबार राती प्रायः ९.४६ बजी १५४८४ अप सिक्किम महानन्दा एक्सप्रेस रेलमा सवार एकजना गर्भवती महिलाले डुवर्सको चाल्सा र नगरकट्टा रेल स्टेशनबीच आईपुग्दा प्रसव गर्न बाध्य बनेकी थिईन्। असम कोक्राझार सिलमारी तुलसीबारी निवासी रिजाबुल शेखका पत्नी अमिरन बेगमले प्रसव पीढ़ा सहन नसकेर चल्दै गरेको रेलमा नै बच्चा जन्माएकी थिईन्। यता रेलमा गर्भवती महिलालाई प्रसव पीढ़ा उठेको सूचना पाउनसाथ आरपीएफ हाँसीमाराका प्रभारी सुदीप्ता दासगुप्ताले तुरन्तै दलगाउँ रेल स्टेशन लगायत अन्य रेल स्टेशनमा तैनाथ आरपीएफ कर्मचारी एवम् रेलमा कर्तव्यरत आरपीएफ जवानहरूलाई गर्भवती महिलालाई मदत पुऱ्याउने निर्देश दिएकी थिईन्।
दलगाउँ रेल स्टेशन आईपुग्दा आरपीएफ हाँसीमाराका प्रभारी सुदीप्ता दासगुप्ताले साथमा चिकित्सकको टीम लिएर उक्त प्रसुति महिलाको स्वास्थ्य अनि बच्चाको बारेमा सोधखोज गरेकी थिईन्। अन्ततः आरपीएफको सहयोगितामा उक्त प्रसुति महिला र नवजात बच्चालाई अलिपुरद्वार जङ्कसनमा ओरालेर अस्पताल पुऱ्याएको आरपीएफले जनाएका छन्।










