नयाँ दिल्ली: विपक्षी सांसदहरूलाई निलम्बन गरेको विरोधमा विपक्षीहरू अब सडकमा उत्रिएका छन्। बिहीबार विपक्षी सांसदहरुले संसदबाट विजयचोकसम्म र्याली निकाले पनि आज आई.एन.डी.आई.ए. गठबन्धनको नेतृत्वमा जन्तरमन्तरमा विरोध प्रदर्शन भइरहेको छ। यहाँ मञ्चमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे, एनसीपी नेता शरद पवार, वाम नेता सीताराम येचुरी, आरजेडी सांसद मनोज झा, कांग्रेस नेता राहुल गान्धी, केसी वेणुगोपाल, अधीर रञ्जन, डी राजा (सीपीआई), त्रिची शिव (डीएमके), रणदीप सुरजेवाला, प्रमोद तिवारी, जोन ब्रिटास, सञ्जीव अरोडा, सुशील रिंकु (आप) देखिए।
राहुल गान्धीले सम्बोधन गर्दै भने, ‘देशमा ठूलो बेरोजगारी छ र आज युवाहरूले रोजगारी पाउन सक्दैनन्। मैले कसैलाई एउटा काम गर, एउटा सानो सर्वेक्षण गर, जुनसुकै शहरमा गएर भारतका युवाहरू मोबाइल फोनमा दिनमा कति घण्टा बिताउँछन् भनेर पत्ता लगाउन भनें। मैले एउटा सानो शहरमा यो पनि थाहा पाएँ, युवाहरू दिनको साढे सात घण्टा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, मेल अर्थात् सेलफोनमा बिताउँछन् भन्नेमा म छक्क परें। मैले एउटा सानो शहरमा यो पनि थाहा पाएँ, युवाहरू दिनको साढे सात घण्टा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, मेल अर्थात् सेलफोनमा बिताउँछन् भन्नेमा म छक्क परें। अर्थात् मोदी सरकारमा भारतका युवाहरू साढे सात घण्टा फोनमा बस्छन्, किनभने मोदीजीले उनीहरूलाई रोजगारी दिएनन्l’ कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले सांसदहरुलाई सदनबाट निष्कासन गरेकोमा प्रश्न उठाएका छन्। मुख नखोल्नेलाई पनि निलम्बन गरिएको उनले बताए।









