राज्यमा जस्तै यता पहाड़मा पनि शिक्षक नियुक्ति घोटालामाथि खोजी हुनुपर्छ: आर. बी. राई

दार्जिलिङ आज क्रामाकपा केन्द्रीय कार्यालय दार्जिलिङमा क्रामाकपा पार्टी अध्यक्ष आरबी राईद्वारा हालैमा तृणमूल कांग्रेसको मंत्री पार्थ च्याटर्जीको नजिकमा रहेका अर्पिता मुखर्जीको घरबाट लगभग एक्काइस करोड रुपैयाँ ईडीद्वारा जपत गरेकोमा उक्त घटना निन्दनीय रहेको साथै पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी जो सच्चा इमान्दारिता राजनीतिज्ञ छवि भएकोमा के भन्नु पर्ने भनी उनले प्रश्न राखेका छन्। आरबी राईले पहाडमा पनि जीटीए अनि शिक्षक नियुक्तिमाथि ईडीद्वारा खोजी गर्नुपर्छ भनी उनले बताएका छन्। राईले पत्रकारहरूसित कुराकानी गर्दै ईडीले यत्रो बेसी पैसा जफ्त गरेको सुन्ने बित्तिकै मन्त्रीलाई हटाउनु पर्ने र राज्यकी मुख्यमन्त्रीले पनि राजीनामा दिनु पर्ने हो किनभने यो घटनाले मुख्यमन्त्री ममताको क्रियाकलाप र उनको इमान्दारितामाथि पनि प्रश्न चिन्ह्र उठेको छ भनी बताएका छन्। आरबी राईले देशले र राज्यले पनि मन्त्री पदबाट निकाल्नु पर्ने हो भन्दै म यस घटनामाथि प्रतिक्रिया दिन्दै मांग गर्छु कि जसरी राज्यमा यस घोटालामाथि जाँच भएको छ त्यसरी नै यता पहाड़मा पनि खोजी हुनुपर्छ भनी मांग गर्दछु भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement