नेपाल: प्रधानमन्त्री प्रचण्डले गरे विद्युत सबस्टेसनको उद्घाटन

Nepal-PM-Pushpa-Kamal-Dahal

नेपालको सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण भएको ४०० किलोवाट क्षमताको ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) अटोमेटिक पावर सबस्टेसनको शुक्रबार उद्घाटन गरिएको छ। जीआईएसमा आधारित स्वचालित सब स्टेशन ढल्केबर पछि नेपालको दोस्रो ठूलो सब स्टेशन हो। यस पावर स्टेशनबाट भारतमा बिजुली निर्यात हुनेछ। यसबाट उत्पादित विद्युतले पूर्णियासहितको भारतीय सीमा क्षेत्र उज्यालो बनाइनेछ। भारत–नेपाल विद्युत् आयात–निर्यातलगायत मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् आपूर्ति सहज बनाउन इनरुवा सबस्टेसन स्थापना गरिएको हो।

विद्युत् प्रसारण तथा वितरण प्रणालीलाई सशक्त बनाउन निर्माण गरिएको सबस्टेसनको शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका हुन्। कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उपस्थिति रहेको थियो। इनरुवा सबस्टेसनबाट ४०० र २२० केभीका दुईवटा सबस्टेसन निर्माण भएका छन् जसको कुल लागत रु तीन अर्ब ८३ करोड रहेको छ। यो आयोजना नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा हेटौडा, ढल्केबर, इनरुवामा जीआईएसमा आधारित विद्युत् सबस्टेसनमा निर्माण भएको नेपाल राष्ट्रिय ऊर्जा विकास दशक कार्यक्रमअन्तर्गत निर्माण भएको हो। यसअघि नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले नेपाल–भारत विद्युत् प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत विश्व ब्यांकको सहज ऋणमा २२०/१३२/३३ केभी सबस्टेसन निर्माण गरेको थियो।

इनरुवा सवस्टेसनबाटै भारत–नेपाल विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय प्रसारण लाइन र नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारका लागि इनरुवा–अनारामणी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ। यसका लागि हेटौडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण भएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभी क्षमताका तीनवटा पावर ट्रान्सफर्मर जडान गरिएको छ। २२०/१३२ केभी, १६० एमभी क्षमताका दुई पावर ट्रान्सफर्मर र २२०/३३ केभी, ६३ एमभी क्षमताका दुई पावर ट्रान्सफर्मर जडान गरिएको छ। इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् हस्तान्तरण हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *