उत्तरखण्डमा ‘नेपाली किताब’बिस्तार हुँदै

IMG-20231222-WA0211

सिलगढी: महेश बराल उत्तरखण्डका नेपाली हुन्। जो अन्य जातिको बाहुल्यबीच रहेर पनि नेपाली साहित्यलाई अगाध प्रेम गर्छन्। नेपाली पुस्तक खोजी खोजी पढ्न चाहन्छन्। त्यही नेपाली पुस्तकको अभावबीच एकदिन उनी ‘हाम्रो किताब घर’सँग जोड़िएका थिए। भारतभरि नेपाली पुस्तक पुर्याउने किताब घरको अभियानसँग जोड़िएर हाल उनी उत्तरखण्डमा  नेपाली किताबको बिस्तार गर्न नै लागिपरेका छन्। जसले गर्दा नेपाली साहित्यलाई देशको हरेक कुनामा पुर्याउने किताब घरको उद्देश्यलाई थप टेवा पुर्याइरहेको ‘हाम्रो किताब’को एक प्रेस विज्ञप्तिमा बताएको छ।

पहिले पाठकको रूपमा हाम्रो किताब घरसँग जोड़िएका बरालले हाल आफ्नै शाखा ‘हाम्रो नेपाली पुस्तकालय’, पिथौरागढ खोलेर क्षेत्रका विभिन्न बुक फेयरहरूको दौड़ाहा गरिरहेका छन्। नेपाली किताब र नेपाली साहित्यको मायाकै कारण उत्तरखण्डमा रहेर पनि किताब घरसँग जोड़िएर कार्य गर्दै आउने बरालले छोटो समयमा नै  क्षेत्रको महाकाली आदर्श पब्लिक स्कूल, आदर्श विद्या निकेतन महेन्द्रनगर, डायमन्ड पब्लिक एकाडमी गड्डाचोटी, बेजनाथ मा बि महेन्द्रनगर, महेन्द्र नगर मावि, अमर शहीदमा वि जानकीटोल आदि ठाउँहरूमा नेपाली पुस्तकहरू पुर्याइसकेका छन्। सोही अनुरूप उनले आजदेखि उत्तरखण्डको टनकपुरमा भइरहेको पुस्तक मेलामा पनि सहभागिता जनाइरहेका छन्।  ‘भारतभरिका पचास अधिक प्रकाशकहरूको लाख भन्दा धेर पुस्तक प्रदर्शन हुने उक्त मेलामा किताब घर मार्फत लगिएका नेपाली पुस्तकहरूको प्रदर्शन गर्न गइरहेको खबर सुनाउँन पाउँदा हामी अत्यन्त हर्षित छौं’, विज्ञप्तिमा यसरी उजागर गरिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *