मिरिकमा भागोप्रमोको व्यापक जन समर्थन कार्यक्रम

IMG-20231222-WA0205.jpg

विभिन्न समष्टीहरूबाट विभिन्न राजनैतिक दलहरूका २५०० समर्थकहरू भागोप्रमोमा सामेल भएको दाबी

मिरिक: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको जन समर्थन कार्यक्रम मिरिकको आले खेल मैदानमा सम्पन्न भएको छ। युवा शक्तिको केन्द्रीय प्रवक्ता अनित खातीले सञ्चालन गरेको उक्त जन समर्थन कार्यक्रममा मुख्य अतिथिको रूपमा भागोप्रमोको केन्द्रीय अध्यक्ष अनित थापा उपस्थित थिए। उक्त समर्थन कार्यक्रममा स्वागत सम्भाषण जीटीएको स्वास्थ्य विभागीय कार्यकारी सभासद अरूण सिंग्चीले राखेका थिए। कार्यक्रममा जीटीए पञ्चायत कर्मचारी संगठन गरिएको र उक्त संगठन आजदेखि भागोप्रमोको भातृ संगठनको रूपमा रहेको घोषणा गरिएको छ।

उक्त जीटीए पञ्चायत कर्मचारी संगठनका १७ जना कार्यकारी समिति र १०० जनाको सदस्य – सदस्याहरू रहेको जनाइएको छ। उक्त पञ्चायत कर्मचारी संगठनको पदाधिकारीहरूलाई जीटीए चिफ् एंव भागोप्रमो अध्यक्ष अनित थापाले खदा लगाएर पार्टीमा स्वागत गरिएको छ। यय समर्थन कार्यक्रममा गत पञ्चायत चुनावमा विजेता बनेका ग्राम पञ्चायत सदस्य – सदस्याहरू, ग्राम पञ्चायत समितिको सदस्य सदस्याहरू पनि भागोप्रमोमा सामेल भएका छन्। यसक साथै जीटीए क्षेत्रको विभिन्न समष्टीहरूबाट विभिन्न पार्टीका लगभग २५०० जना समर्थकहरू भागोप्रमो पार्टीमा सामेल भएका छन्।

सामेल हुनेहरू सबैलाई भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापा र केन्द्रीय नेतृत्वहरूका बाहुलीबाट खदार्पणसहित पार्टीको दलीय झण्डाहरू प्रदान गरी स्वागत जनाइएको छ।कार्यक्रमलाई भागोप्रमोको केन्द्रीय महासचिव अमर लामा, उपाध्यक्ष एंव सभासद प्रमोस्कर ब्लोन, भागोप्रमो दार्जीलिङ महकुमाको अध्यक्ष आलोककान्तमणि थुलुङ आदिले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement