गज़ल

Dictator-copy

तानाशाह  हुन्छन् सबै शासकहरू

जाल मात्रै बुन्छन् सबै शासकहरू

सत्तामा हुञ्जेल अत्याचार गर्छन्

झरेपछि रुन्छन्  सबै शासकहरू

जुम्लाबाजीमा कसैले पनि सक्तैन

धोती मात्रै धुन्छन् सबै शासकहरू

जनसरोकारसित केही वास्ता हुन्न

झोलेहरुकै सुन्छन् सबै शासकहरु

गर्नुपर्ने खास काम गर्दैनन् उनीहरू

जाली मन्त्र गुन्छन् सबै शासकहरू

सत्ता सुखको मीठो स्वाद पाएपछि

गलत बाटो चुन्छन् सबै शासकहरू

सत्ताले  मात्तिएपछि  छुन सकिँदैन

आकाश नै छुन्छन् सबै शासकहरू

सत्य बोल्नेलाई देखी सहँदैनन् ती

बिना कसूर थुन्छन् सबै शासकहरूll  

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *