डोह ङाग छोइ खोरलिङ गुम्बामा न्युङ्ने सुरू

IMG-20231222-WA0198.jpg

सिलिगुड़ी: सिलिगुड़ीको गुरूङबस्ती अवस्थित डोह ङाग छोइ खोरलिङ गुम्बामा आजदेखि चारदिनव्यापी न्यूङने उपासना सुरू भएको जानकारी प्राप्त भएको छ। सिलिगुड़ी बुद्धिष्ट एसोसिएशनद्वारा सञ्चालित यस गुम्बा गुरूङ बस्तीमा अवस्थित छ। प्रत्येक वर्ष नै न्यूङ्ने, काङ्ग्युर लगायत अन्य पूजाको आयोजना गर्दै आउने गुम्बाले यसचोटि आजबाट उक्त न्यूङने उपसाना सुरू गरेको हो। जहाँ एघाह्र वर्षको नानीदेखि ७९ वर्षका वृद्धहरूको समेत उपस्थिति रहेको छ। बौद्ध परम्परा अनुरूप न्यूङ्ने बसे धेरैवटा पाप कर्मबाट क्षमा पाइन्छ। सोही परम्परालाई यथावत राख्दै यसचोटि सुरू भएको चारदिनेव्यापी कार्यक्रम म्हेम्हे फुनसोक पाख्रिनको अगुवाईमा हुनेछ। कार्यक्रमको अन्तिम दिन मिरिकबाट आएका खेम्पो जोगछेन मोक्तानको बाहुलीबाट वाङ वितरण गरिने छ।

सिलिगुड़ी बुद्धिष्ट एसोसिएशनका अध्यक्ष डीबी योञ्जनले जानकारी गराएअनुसार वौद्ध धर्मको विश्वास अनुरूप मानिसहरूले जान अन्जानमा गरेका पापहरूबाट न्यूङ्ने बसे क्षमा पाइनेछ। उनले भने, ‘हामीले कहिले कहीं खराब कुरा बोल्छौं। कहिलेकहीं झूटो कुरा पनि गर्छौँ। यसैले एकदिन केही नबोलेर यसबाट प्रायश्चित गर्ने कोशिष गर्नेछौँ। त्यसरी नै एकदिन केही नखाएर हामी बस्नेछौं।’ सम्पूर्ण प्राणी जगतको भलो होस् भन्दै पाप कर्महरूबाट मुक्त हुनको निम्ति नै न्यूङ्नेको आयोजना गरिएको योञ्जनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement