कोलकता: एसएससी भ्रष्टाचार मुद्धामा राज्यमन्त्री पार्थ चटर्जीलाई ईडीले पक्राउ गरेपछि, तृणमूलले केन्द्रीय जाँच एजेन्सीलाई तोकिएको समयभित्र अनुसन्धान पूरा गर्न माग गरेको छ। आइतवार, तृणमूल कङ्ग्रेसका प्रवक्ता र पार्टीका राज्य महासचिव कुणाल घोषले भने,केन्द्रीय अनुसन्धान एजेन्सीले केही महिनामा अनुसन्धान पुरा गर्नुपर्नेछ। दोषी पत्ता लगाउनुपर्छ। तृणमूल एसएससी भ्रष्टाचारको बारेमा बोल्ने विपक्षी दलहरूलाई मौका दिन चाहँदैन भन्ने उनको शब्दबाट स्पष्ट थियो। यस कारणले गर्दा तृणमूल कङ्ग्रेसले जतिसक्दो चाँडो अनुसन्धान पूरा गर्न केन्द्रीय अनुसन्धान एजेन्सीलाई दबाब दिइरहेको छ। अनुसन्धान पुरा नभएसम्म पार्थ चटर्जीको बारेमा कुनै निर्णय हुन सक्दैन।
								



								

                    



