प्लास्टिकको अण्डा पाएपछि मानिसहरु आतङ्कित

415d0291-06a3-46cb-8884-66af3f909515-1024x576.jpg

फुलबारी: फुलबारीमा प्लास्टिकको अण्डालाई केन्द्र गरेर मानिसहरूमा आतङ्क फैलिएमच्चिएको छ। अण्डा खाएपछि भुँडी दुख्न थालेपछि स्थानीय एकजना युवक आतङ्कित बनेका घटना फुलबारी २ नम्बर ग्राम पञ्चायत अन्तर्गत कञ्चनबारीको नीचपाडामा घटेको हो। असिम विश्वास नाम गरेका एकजना युवकले हिजो इलाकाको एउटा दोकानबाट पाँचवटा अण्डा किनेर ल्याए। यसपछि तिनले दुईवटा अण्डा उमालेपछि केही फरक लागे तापनि तिनले उक्त अण्डा खाए। खाएको केही क्षणपछि भुँडी दुख्न थालेपछि औषधी खाएर तिनी निको भएको बताइएको छ। यसपछि तिनले आज बिहान अन्य तीनवटा अण्डा उमालेपछि प्लास्टिक जस्तो देखेपछि छिमेकीहरूलाई देखाए। छिमेकीहरूले सो अण्डा प्लास्टिकको रहेको भन्दै सन्देह गरे। युवकले बताएअनुसार अण्डाको रानी साधारण अण्डाभन्दा बेसी रातो रङ्गको छ। यसबाहेक आगोमा हाल्दा उक्त अण्डा जलेर प्लास्टिकको गन्ध आउने गर्छ। उक्त घटनापछि इलाकामा अण्डालाई लिएर आतङ्क फैलिएको छ। यस विषयमा प्रशासनले जाँच गरेर आवश्यक कदम उठाओस् भन्ने स्थानीय मानिसहरूले माग गरेका छन्।

About Author

Advertisement