अलग-अलग सड़क दुर्घटनाहरूमा एकको मृत्यु, चार घाइते

उदालगुड़ी: उदालगुड़ी जिल्लाको पानेरी, हाथीगढ़ र भैरबकुन्ड क्षेत्रहरूमा अलग-अलग सड़क दुर्घटनाहरूमा एक व्यक्तिको मृत्यु भएको छ भने अन्य चार घाइते भए।

पुलिस अनुसार, एक मारूति ब्रेजा वाहन अनियन्त्रित भएर पानेरीको क्रिश्चियनपारामा एउटा पुलसित त्यस समय ठोकियो जब वाहन टंगलादेखि उदालगुड़ीतिर गइऱहेको थियो।

यसमा गाड़ी चालक सीमान्त डेका (४०) गम्भीर रूपमा घाइते भयो र वाहन सवार सिराज (४०) लाई मामूली चोट लागेको छ। घाइतेहरूमध्ये दुईलाई 108 सेवाको माध्यमले उदालगुड़ी सिविल अस्पताल लगियो।

एक अन्य दुर्घटना त्यस समय भयो जब वाहन चालक अमल चुन्डी (३६) हाथीगढ़तिर गइऱहेको थियो। तब विपरीत दिशाबाट आइरहेको बाख्रालाई बचाउने प्रयास गर्दा वाहन नियन्त्रण गुमाउँदै दुर्घटनाग्रस्त भय़ो। चालकलाई १०८ सेवाको माध्यमले उदालगुड़ी सिविल अस्पतालमा भर्ती गराइय़ो।

यस बाहेक एक अन्य दुर्घटना भैरवकुन्ड वनभोज स्थलबाट एसएसबी क्याम्प नजिक भयो जसमा एक स्कूटी अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा एक युवकको मृत्यु भय़ो र रूपा दैमारी (१८) गम्भीर रूपमा घाइते भइन्। घाइतेलाई १०८ सेवाको मद्दतले उदालगुड़ी सिविल अस्पताल लगियो। यद्यपि, पछि उसलाई उन्नत उपचारको निम्ति १०८ सेवाको साथ गुवाहाटी मेडिकल कलेज एवं अस्पताल पठाइय़ो। आजको दुर्घटनाहरूमा १०८ कर्मचारीहरूको त्वरित सेवालाई जनताले खूबै सराहना गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement