गान्तोक: परिवर्तनको नारा लिएर २०१९ मा सत्ता उक्लेको सिक्किम क्रान्तिकारी मोर्चाको नयाँ नारा मिशन सुनौलो सिक्किम रहेको छ। आज पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेम सिंह तामाङले रोलू दिवस कार्यक्रमलाई सम्बोधन गर्दै यो नारा दिएका हुन्। यसको साथै एसकेएम पार्टी आगामी २०२४ को चुनाउमा यसै नारा लिएऱ जनतामा जाने निश्चित भएको छ।
आज मुख्यमन्त्री तामाङले पार्टीका कार्यकर्ताहरूलाई मिशन सनौलो सिक्किमको नारा मात्र दिएनन् तर सबैलाई यसको निम्ति शपथ पनि ग्रहण गराए। यसको साथै सुनौलो सिक्किम निर्माणको निम्ति आफू पनि कटिवद्ध भएर काम गर्ने प्रतिज्ञा गरे। “२००९ मा हामी रोलूबाट परिवर्तनको सङ्कल्प लिएर गएको थियौं भने अब सुन्दर र सुनौलो सिक्किमको सङ्कल्प लिएर जानुपर्छ जसको जग बसालिसकेको छ। अब यसलाई अघि बड़ाएर लानुपर्छ”, उनले भने।








