वाणिज्य एवं उद्योग विभाग राष्ट्रिय सिङ्गल विन्डो पोर्टलमा सांमेल

गान्तोक: सिक्किम सरकारको वाणिज्य तथा उद्योग विभागले राष्ट्रिय एकल विन्डो प्रणाली पोर्टलसँग आफ्नो एकीकरणको घोषणा गरेको छ। जसले औद्योगिक सञ्चालनलाई बृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विभागको भनाइ छ। यस एकीकृत प्लेटफर्म भित्र सिक्किम इंडस्ट्रीज ऐन अन्तर्गत औद्योगिक स्थापना पञ्जीकरण र नवीकरण गर्न सहमति जस्ता सेवाहरू समावेश रहेको छ। राज्यभित्र सरकारी प्रक्रियाहरू सरल बनाउन र दक्षता प्रवर्द्धन गर्ने दिशामा निर्णायक कदम मानिएको छ। नेशनल सिंगल विन्डो सिस्टम पोर्टलमा यी सेवाहरूको कार्यान्वयनको उद्देश्य प्रशासनिक प्रक्रियाहरूलाई सुव्यवस्थित बनाउने तयारी गरिएको छ। सिक्किमभित्र व्यवसाय र उद्योग सञ्चालनका लागि एक एकीकृत प्लेटफर्म प्रदान गर्दै एकल डिजिटल स्पेसमा विभिन्न प्रकार्यहरू समेकित गरेर यो पहलले आवश्यकक्ताहरु पूरा गर्ने बताइएको छ। जसले गर्दा नोकरशाही अवरोधहरू कम हुने बताइएको छ। राष्ट्रिय एकल विन्डो प्रणालीका मुख्य विशेषताहरू अन्तर्गतस राष्ट्रिय एकल विन्डो प्रणाली केन्द्रीय मन्त्री पियुष गोयलद्वारा सेप्टेम्बर २०२१ मा जनताको लागि शुरु गरिएको हो। लगानीकर्ताहरूले पोर्टलमा २७ केन्द्रीय मन्त्रीहरू/विभागहरू र १९ राज्यहरू/केन्द्र शासित प्रदेशहरूबाट अनुमोदनका लागि आवेदन दिन सक्छन्। पोर्टललाई लगानी सम्बन्धी सबै नियामक स्वीकृतिहरू र सेवाहरू लिनको लागि लगानीकर्ताहरूको लागि एक-स्टप शपको रूपमा परिकल्पना गरिएको छ। विभिन्न केन्द्रीय मन्त्रालयहरू, राज्यहरू र केन्द्र शासित प्रदेशहरू एकै पोर्टलमा लगानीकर्ता सम्बन्धी क्लियरेन्सहरू सहज बनाउन, पारदर्शिता र जवाफदेहिताका साथ, व्यापार गर्न सहजतालाई बढाउन सक्ने जानकारी गराएको छ। विभिन्न लाइन विभागहरूसहित फायर र आपतकालीन सेवाहरू, पीएचई, अन्तःशुल्क, शहरी विकास विभाग, भवन र आवास, सडक र पुलहरू, कानूनी मेट्रोलोजी एकाइ आदि हाल पोर्टलमा राखिएको छ। यो एकीकरण पछि, लगानीकर्ता/आवेदकहरूले पोर्टल मार्फत स्वीकृतिहरू एनओसीहरूबारे जानकारी प्राप्त गर्ने सुविधा पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement