नेपाल एयरलाइन्सले लिलामीमा राख्यो ५ जहाज

Screenshot_20231221_195219_Dailyhunt.jpg

नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ। नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन्। यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो। जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ। त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ। निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म छ। निगमसँग कुल ६ वटा जहाज थिए। जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो। अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो। निगमले यी जहाज ३० जुलाई २०२० देखि ग्राउण्डेड गरेको थियो ।आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०१४ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन्। साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०१४ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ। त्यसैले निगमले ती जहाज अब नउडाउने निर्णय लिएको छ। यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाती निर्णय हुने निष्कर्ष निकाल्दै निगमले यी जहाजको जिम्मा लिन सरकारलाई सिफारिस गरेको थियो। तर, सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो नदिएपछि भाडामा लगाउन खोजेको थियो। भाडामा लिन पनि कोही इच्छुक नभएपछि बिक्री गर्न लागिएको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *