भारत-भूटान सांस्कृतिक मैत्री सम्मेलन आयोजित

img_20231221_wa0012_99.jpg

गुवाहाटी: राजधानीको पाण्डू कलेजमा भारत र भूटानबिच सांस्कृतिक आदान-प्रदान कार्यक्रम आयोजित गरियो। यो मैत्री सम्मेलन पाण्डू कलेज र भारत-भूटान मैत्री संघ (बीआईएफए) बिच मैत्री सम्झौताको माध्यमद्वारा आयोजित गरियो। यसको उद्देश्य शैक्षिक र सांस्कृतिक आदान-प्रदानको माध्यमले कार्यक्रम आयोजित गर्नु थियेा।

कार्यक्रमको शुभारम्भ कलेज संगीतबाट गरियो। पाण्डू कलेजका प्रचार्य डा संचय ज्योति बोराले यस कार्यक्रमको उद्घाटन गरे। आफ्नो सम्बोधनमा उनले भूटानको प्रशंसा गर्दै त्यहॉंको प्रदूषण मुक्त वातावरणको उल्लेख गरे।

आफ्नो सम्बोधनमा भारत भूटान फ्रेण्डशिप एसोसिएशनका अध्यक्ष अपची शेबिङ दोर्जीले यस्ता आदान-प्रदान कार्यक्रमहरूको लाभको बारेमा बताए। उनले भूटानको सांस्कृतिक विरासतको बारेमा पनि अवगत गराए।

कार्यक्रममा कलेजका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे। उनीहरूले सत्रिया नृत्य, भूपेन्द्र संगीत, लोक नृत्य, बिहू नृत्य आदि सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। साथै भूटानबाट आएका विद्यार्थीहरूले पनि सांस्कृतिक कार्यक्रममा भाग लिएका थिए। उनीहरूले लोक नृत्य, संगीत, मखुण्डो नृत्य आदि प्रस्तुत गरे।

About Author

Advertisement