रोलु दिवस सिक्किमका जनताको भाग्य कोरिएको दिन: सोनाम लामा

n56748863017031786566547b425e88eeb8a53125abb09cba7dde5f704ac7d456746aa3745aa4a4e14e7cc1.jpg

गान्तोक: एसकेएम पार्टीका मुख्य संयोजक एवम् मन्त्री सोनाम लामाले २१ दिसम्बर, रोलु दिवसलाई राज्यका जनताको भाग्य कोरिएको दिन बताए। मन्त्री लामा आज रोलुमा आयोजित १५औं रोलु दिवस कार्यक्रमलाई सम्बोधित गरिरहेका थिए।

मन्त्री लामाले वर्ष २००९ मा वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङले आजको दिन यस पवित्र स्थलबाट परिवर्तनको शंखघोष गरेको अवगत गराए। एसकेएम पार्टी सरकारमा आएपछि राज्यमा बसोबासो गर्ने सबै जाति र धर्मावलम्बीहरूले शिर खडा गरेर सम्मानकोसाथ जिउन पाएको उनले बताए।

उनले अबदेखि उता एसकेएम पार्टीका नेताहरूविरूद्ध कुनै प्रकारको नराम्रो व्यवहार गरेको खण्डमा त्यसको उचित जवाफ दिने चेताउनी दिए। सिक्किमे जनताको हितमा आफु मर्नु परे तापनि हाँसी हाँसी मर्ने उनले किटान गरे।

यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा फुटबलर निर्मल छेत्रीले वर्तमान सरकारको नीति र सिद्धान्तलाई मन पराएर आफू एसकेएम पार्टीमा सामेल भएको बताए। विशेष गरेर वर्तमान सरकारले खेलकूदको एक्षेत्रमा धेरै प्रगति गरेको उनले दावी गरे। पूर्व सरकारको कार्यकालमा केवल भाषणमा मात्र बजेट हुने गरेको, तर व्यवहारमा खेलकूदको निम्ति बजेट भने शून्य रहेको आरोप उनले लगाए।

यसरी नै मोटिभेशनल स्पिकर सञ्जय राईले वर्तमान सरकारले सबै क्षेत्रमा विकास गरेको देखेर आफू एसकेएम पार्टीमा सामेल भएको अवगत गराए। यस पार्टीमा सामेल भएपछि पार्टी र सरकारको राम्रो काम मात्र नदेखाएर पार्टी र सरकारभित्रको नराम्रो काम पनि देखाउनको निम्ति पार्टीमा सामेल भएको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement