इसाई उपदेशक डा. पावल दिनाकरण सिक्किममा

n56747457417031758572680ff843b69540e8b6d62fa7b550980ad7682bbf0046e8e8a6480bac43259e4b0d.jpg

गान्तोक: बहुचर्चित इसाई उपदेशक डा. पल दिनाकरण सिक्किममा आयोजित राज्यस्तरीय प्रार्थना सम्मेलनमा सहभागी बन्न आज सिक्किम आइपुगेका छन्। आफ्नो छोरो सामुएल दिनाकरणसित आज पाकिम विमानस्थलमा हेलिकोप्टरबाट ओर्लिएका डा दिनाकरणलाई भव्यरूपमा स्वागत गरियो।

उनलाई स्वागत गर्न प्रार्थना सम्मेलनका आयोजक समितिका महासचिव पास्टर एन्ड्रियु छेत्री, आयोजक समितिका समन्वयक पास्टर स्टेफन कार्की, युसीडब्लुएसएसका अध्यक्ष एल्डर पत्रुश गुरुङ, विभिन्न चर्चका पास्टरगण, एल्डरगण र विश्वासीहरूको बाक्लो उपस्थिति रहेको थियो।

डा. दिनाकरणले विमानस्थलमा अवतरणपछि मिडियासित कुरा गर्दै उनी सिक्किममा झण्डै २१ वर्षपछि आइपुगेको सम्झाना गरे। उनले सिक्किमका मानिसहरूलाई हामी प्रेम गर्छौ, उनीहरूको समर्पण प्रथमिकाता र ईश्वरमा भरोसा अनि एकार्कामा परिवरसहर बस्ने एकता साँचो रूपमा सिक्किम देशको सान हुन् भने।

उनले हामी यहाँ ईश्वरले सिक्किमलाई सधैं आशिष प्रदान गरून् र सिक्किमलाई सहज बनाउने छ भन्ने तपाईहरूसित प्रार्थना गर्न यहाँ आएका छौं भने। यसैगरि उनले हामी सरकार र सबै यो भुमीमा बसोबासो गर्ने मानिसहरूलाई ईश्वरले शान्ति र समृद्धि प्रदान गरून् भन्ने कामना राख्न यहाँ आएका छौ भनी बताए।

डा. दिनाकरण र उनको छोरो सामुएललाई परम्परागत नौमती बाजासहित स्वागत गरियो भने भोलि पाल्जोर स्टेडियममा उनले उपदेश दिनेछन्। राज्यस्तरीय प्रार्थना सम्मेलनमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहनेछन्। यस अवसरमा राजधानी गान्तोकको एमजी मार्गमा विशेष कार्यक्रम हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement