हाईकोर्टले दियो डीए आन्दोलनकारीहरूलाई सचिवालय सामू प्रदर्शन गर्ने सशर्त अनुमति

कोलकाताः कलकत्ता उच्च न्यायालयले डीए आन्दोलनकारीहरूलाई राज्य सचिवालय नवान्न बस स्ट्याण्ड नजिक बसेर विरोध प्रदर्शन गर्ने सशर्त अनुमति दिएको छ। जस्टिस राजशेखर मन्थाले बिहिवार भने, धरना कार्यक्रम ७२ घण्टाभन्दा धेरै हुनसक्दैन। त्यहाँ एक समयमा ३०० भन्दा धेरै मानिसहरू उपस्थित रहनेछैनन्।

यसमा राज्य सरकारको तर्फबाट आपत्ति व्यक्त गरिएको थियो, जसमा जजले भने, यदि रेड रोडमा या जहाँ धारा १४४ लागेको छ, त्यहाँ राजनीतिक कार्यक्रम गर्ने अनुमति छ भने सचिवालय सामू किन छैन ?

संघर्ष संयुक्त मञ्चले डीएको माग लिएर नवान्न बस स्ट्याण्ड सामू धरना कार्यक्रम गर्न चाहन्छ। पुलिसले यसको अनुमति दिएन। यसपछि हाईकोर्टमा केस दर्ता गरियो। विक्रम ब्यानर्जी, डीए आन्दोलनकारीहरूका उकील हुन्। उनले भने, बिहिवार हाईकोर्टले कार्यक्रमको सशर्त अनुमति दिएको छ। राज्य सरकारको तर्फबाट धरना प्रदर्शनले कुनै काम हुँदैन भनिएको थियो।

यसमा जजले यो पनि भने, कसले भन्यो, धरना-प्रदर्शनले काम चल्दैन ? स्कूलमा नौकरीका इच्छुक अभ्यर्थीले धरना दिन्छन्, सरकारका प्रतिनिधि त्यहाँ बोल्छन्। यदि यसले काम गर्दैन भने तलाईले यस्तो किन गरिरहेका छन्। कलकत्ता हाईकोर्टको अनुमति पाएपछि मात्र संघर्ष संयुक्त मञ्चले नवान्न अभियानको मितिको घोषणा गऱ्यो। उसले २२, २३ र २४ दिसम्बर अर्थात् शुक्रवारदेखि आइतवारसम्म नवान्न बस स्ट्याण्ड सामू विरोध प्रदर्शन कार्यक्रमको आह्वान गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement