कोलकाताः आयकर अधिकारीहरूले लामो छापामारी र तलाशी अभियानपछि तृणमूल कांग्रेस विधायक बायरन विश्वासबाट भारी मात्रामा बेहिसाब नगदी, सुन र सम्पत्तिसित सम्बन्धित केही महत्वपूर्ण दस्तावेज जफत गरेको छ। तलाशी अभियान १९ घण्टासम्म चलेको छ। आयकर विभागका एक अधिकारीले यो जानकारी दिए। छापामारी बुधवार भएको थियो। विश्वासलाई गत साल मुर्शिदाबाद जिल्लाको सागरदिघी विधानसभा क्षेत्रको उपचुनाउमा वाम मोर्चा समर्थित कांग्रेस उम्मेदवारको रूपमा चुनिएको थियो। तर आफूले जितेको केही महिनाभित्र उनी तृणमूल कांग्रेसमा सामेल भए।
सूत्रहरू अनुसार, उनको आवासबाट ७० लाखभन्दा धेरैको बेहिसाब नगदी जफत गरियो। यद्यपि, विश्वासका परिवारका सदस्यहरूले भने, नगदी उनको कारखानासित सम्बन्धित दैनिक वेतनभोगीहरूलाई भुकतान गर्न घरमा राखिएको थियो तर उनीहरूले आफ्नो दाबीको पक्षमा कुनै सहायक दस्तावेज देखाउन सकेनन्।
यस बाहेक आयकर अधिकारीहरूले विश्वासको आवासबाट भारी मात्रामा सुनका आभूषण पनि जफत गरे, जसको वैध कागजपत्र देखाउन सकिएन। सम्पत्तिसित सम्बन्धित महत्वपूर्ण दस्तावेज पनि अधिकारीहरूले जफत गरेका छन्, जसको विवरण अहिलेसम्म अघि आएको छैन। जेपनि जफत गरिएको छ, त्यसलाई सत्ताधारी दलका विधायकको आयकर रेकर्डमा देखाइएको छैन।








