कोलकाताः प्रवर्तन निदेशालय (ईडी) ले पश्चिम बंगालका पक्रा परेका मन्त्री ज्योतिप्रिय मल्लिक खाद्य विभागदेखि हटेर वन मन्त्री बनाइएपछि पनि राशन वितरण भ्रष्टाचारमा सामेल रहेको दाबी गरेको छ। २०२१ मा उनलाई खाद्य एवं आपूर्ति विभागको स्थानमा राज्य वन विभागको मन्त्री बनाइएको थियो। ईडीका एक अधिकारीले यो जानकारी दिए। मंगलवार सल्ट लेकमा अरण्य भवनमा राज्य वन विभाग मुख्यालयमा मेराथन छापामारी र तलाशी अभियानमा ईडीका अधिकारीहरूले राज्यका वन मन्त्रीको रूपमा मल्लिकको कक्षबाट महत्वपूर्ण दस्तावेज जफत गरे। सूत्रहरू अनुसार, अन्य चीजहरू बाहेक ईडीका अधिकारीहरूले किसानहरूबाट खाद्यान्नको सीधा खरीदको निम्ति १०० अनुबन्ध-पत्र पनि जफत गरे। यी दस्तावेजहरू वन विभागको कार्यालयको स्थानमा राज्य खाद्य एवं आपूर्ति विभागको कार्यालयमा पाउँदा मल्लिक भष्टाचारमा अहिलेसम्म सामेल रहेको स्पष्ट छ।
केन्द्रिय एजेन्सीकाका अधिकारीहरूलाई यो स्पष्ट भएको छ कि राज्यको वन मन्त्री भएपनि राशन वितरण मामिलासित मल्लिकको सम्बन्ध जारी रहेको छ। उनी २०११ देखि २०२१ सम्म राज्यको खाद्य एवं आपूर्ति मन्त्री थिए, त्यो अवधि जब राशन वितरणमा अनियमितताहरू चरममा थियो। २०२१ पश्चिम बंगाल विधानसभा चुनाउपछि उनलाई राज्यको वन मन्त्री बनाइयो।
-हिस









