अयोध्या श्रीराम मन्दिरबाट आएको अक्षत कलशलाई श्रद्धापूर्वक स्वागत

सिलगढी: अक्षत कलश दार्जीलिङ पहाडका भिन्न मन्दिरहरूमा भव्य स्वागत भइरहेको रहेको छ। आज बिजनबारीमा भव्य शोभायात्रा निकालियो तथा बिजनबारी खण्डमा रहेका ७८ वटा ठूला साना मन्दिरहरूलाई उप-कलश अर्थात साना कलश प्रदान गरियो। यसरी नै आज दार्जीलिङको मन्दिरमा श्रद्धालुहरूका लागि राखिएको छ भने खरसाङमा यो कलश नयाँ बजार स्थित जगदीश मन्दिरमा राखिएको छ। यस दिव्य कलशको दर्शन र पूजा गर्न मानिसहरूमा निकै उत्साह देखिन्दैछ। मिरिकको देवी मन्दिरमा भक्तहरूको अप्रत्याशित  भीड़ देखिन्दैछ। मिरिकमा पनि भव्य शोभायात्राका साथ महकूमाका करीब ४५ मन्दिरमा उपकलश वितरित गरिनेछ। 

कालेबुङको ठाकुरबाडीमा राखिएको दिव्य कलश दर्शन गर्ने मानिहरूको संख्या दिन दिनै बढ्दै गइरहेको छ। कालेबुङ जिल्लामा रहेका झण्डै एक सय भन्दा बढी मन्दिरहरूमा  उपकलश वितरित गरिने छ। कलश लिन विभिन्न मन्दिरका पूजारी र समितिमा निकै उत्सुकता छ। स्मरण रहोस् सिलगढीको गोरियामठ मन्दिरदेखि ३०२६ अक्षत कलश उतर बंगाल र सिक्किमका विभिन्न मठ मन्दिरहरूका लागि  गए १७ दिसम्बरको दिन एक विशाल कार्यक्रमका साथ वितरित गरिएकौ थियो। कोचबिहार, जलपाइगढी र अलिपूरद्वार जिल्लामा पनि भव्य  शोभायात्रा, आरती,ढोल नगाड़ा र प्रसाद वितरणका साथ कलशको स्वागत भइरहेको छ। जलपाईगढी, धुपगढी,मैनागढी, मालदा, ईश्वरपुरमा राम भक्तहरूको ठूलो भीड दर्शनका लागि देखिँदैछ। देश विदेशमा १ जनवरी २०२४ देखि १६.जनवरी २०२४ सम्म विश्व हिन्दू परिषद तथा सम्पूर्ण संघ विचार परिवार  घर घर गएर अयोध्यामा निर्माण भव्य श्रीराम मन्दिरको  दर्शन गर्न निमन्त्रण पत्र, अक्षत र श्री राम मन्दिरको चित्र दिनेछन् र अयोध्या आउने अनुग्रह गर्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले करिब ६ हजार साधु-सन्तहरू र प्रतिष्ठित व्यक्तिहरूका साथ आउँदो वर्ष २२ जनवरीको ऐतिहासिक श्रीराम मन्दिरको उद्घाटन र मूर्तिहरूमा प्राण प्रतिष्ठा गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement