मिरिक: अगमसिंह गिरी साहित्य प्रतिष्ठान सौरेनीले आगमी २७ दिसम्बरको दिन अगमसिंह गिरी जयन्ती भव्य रुपमा पालन गर्ने निधो गरेको छ। आज सोही विषयमा मिरिकको सौरेनी बजारस्थित सार्वजनिक भवनमा अगमसिंह गिरी साहित्य प्रतिष्ठान सौरेनीको एक सभा अर्जुन प्रधानको अध्यक्षतामा सम्पन्न भयो। सभामा आगमी २७ दिसम्बरको दिन गिरी जयन्ती पालन गरिने विषयमा चर्चा गरियो। सभाले आगमी २७ दिसम्बर अगमसिहं गिरीको ९६औं जन्म जयन्ती भव्य रूपमा पालन गर्ने निर्णय लियो। सभामा अन्तर विद्यालय कविता आवृत्ति प्रतियोगिता गरिने निर्णय लिइयो । कविता आवृतिका लागि रवीन्द्रनाथ उमावि, फुवागढी उमावि ग्रीनलन अंग्रेजी स्कूल, टेम्पल अफ् वीसडम, पाइनहल एकाडमी र पुटुङ उमाविका विद्यार्थीहरुलाई लिएर गरिने निर्णय लिएको छ। उक्त समारोहमा वाचन, बहस, संगीत, सम्बर्द्धना जस्ता कार्यक्रमहरु गरिने निर्णय लिइएको छ।समारोहमा अगमसिंह गिरीमाथि बहस राखिएको छ। बहसमा अजित विश्व ‘वियोगी’ सहजकर्ता रहनेछन् भने लेखक पत्रकार बबिता मादेन अनि आख्यानकार छुदेन काबिमोले यस बहसमा भाग लिनेछन्। अगमसिंह गिरीमाथि वार्ता डा योगेश खातीले प्रस्तुत गर्ने भएका छन्। आजको सभामा आफ्नो सुझाव दिँदै निरज खाम्मेनले आगामी दिनहरूमा विद्यार्थी नानीहरूमा भएको प्रतिभालाई निखार्न बस अनि चित्र बनाऊ, लेखन कला, गायन कलालाई पनि प्रोत्साहन जगाउन कार्यक्रमहरु गर्न सकिने सुझाव पेश गरे। सभामा मनोहर शर्मा, विदुर गुरुङ, वाङ्दी लामा, विनय सुब्बा, सतिश राई, गंगा प्रधान लगायतले गिरी जयन्ती पालन गरिनुपर्छ अनि यसलाई संरक्षण गर्न साहित्य, कलालाई समेटेर कार्यक्रम गरिनुपर्छ भन्ने विषयमा महत्वपूर्ण सुझावहरू राखेका थिए। मिरिक ‘साहित्य सुनौं’ परिवारकी सचिव एवम् नारी हस्ताक्षर शिला लामाले सौरेनी बजारमा रहेको गिरीको सालिग परिसरमा गिरी जयन्ती गरिनुपर्छ र यसलाई संरक्षण गर्न स्थायी अगमसिंह गिरी साहित्य प्रतिष्टान बनिनु पर्छ भन्ने मन्तव्य जाहेर गरिन्। सभामा लामो छलफल र चर्चा परिचर्चापछि यस प्रतिष्ठानलाई पुनर्गठन गरिने निर्णय गरियो। सभाले अगमसिंह गिरी साहित्य प्रतिष्ठानको पुरानो समितिलाई विघटन गर्दै नयाँ समितिको गठन गरेको छ। नव गठित समितिमा प्रमुख संरक्षकमा सौरेनी समष्टि सभासद एवम् समाजसेवी अरुण सिंग्ची रहेका छन्। नवगठित समितिमा अध्यक्ष मनोहर शर्मा, उपाध्यक्ष अर्जुन प्रधान, सचिवमा अजित विश्व ‘वियोगी’, सह सचिव बाल कृष्ण शर्मा, कोषाध्यक्षमा रजिन खवास, सह कोषाध्यक्षमा चेतना तामाङलाई चयन गरिएको छ।प्रतिष्ठानको प्रमुख सल्लाहकारमा शिला लामा, बिदुर गुरुङ, वाङ्दी लामा, गंगा प्रधान, विनय सुब्बा, मनिन्द्र लिम्बू , निरज खाम्मेन, सतिश राई, सतिस थापा, कमल प्रधान र तारा घिमिरेलाई चयन गरिएको छ। उसरी नै प्रमुख कार्यकारी समितिमा कुमार सिञ्चुरी, सोहित गहतराज, सचिन नेपाल र सचिन सुब्बा लगायतलाई चयन गरिएको छ।यस प्रतिष्ठानले विविध कार्यक्रमलाई समेटेर आगमी दिनहरुमा धेरैवटा कार्यक्रमहरु आयोजना गर्ने निधो गरेको बताइएको छ।








