सड़क दुर्घटनामा दुईको मृत्यु

कोचबिहारः जिल्लाको माथाभाङ्गा २ नम्बर ब्लक अन्तर्गत घोक्साडाङ्गा क्षेत्रमा बुधवार अबेर राति सड़क दुर्घटनामा दुईको मृत्यु भएको छ। मृतकहरूको नाम नन्दन बर्मन र नारायण बर्मन बताइएको छ।

सूत्रहरू अनुसार, बुधवार दुवै युवक बाइकमा कुशियारबाड़ी रासमेला हेर्न गएका थिए। रासमेला हेरेपछि दुवै अबेर राति बाइकमा आफ्नो गाउँ लतापता गइरहेका थिए। त्यही समय घोक्साडाङ्गा क्षेत्रमा दुर्घटना भयो। घटनापछि सड़कमा गइरहेको एक टोटो चालकले दुवैलाई बाटोमा गम्भीर अवस्थामा भेटायो। यसको जानकारी घोक्साडाङ्गा थाना पुलिसलाई दिइयो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो र दुवैको शवलाई पोस्टमार्टमको निम्ति पठायो। पुलिस घटनाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement