भारत-बांग्लादेश सीमा क्षेत्रबाट एक बांग्लादेशी सहित दुई पक्राउ

जलपाइगढ़ीः जिल्लामा भारत-बांग्लादेश सीमामा तैनात उत्तर बंगाल फ्रन्टियरको सिलगढ़ी सेक्टर अन्तर्गत सीमा सुरक्षा बल (बीएसएफ) को १५औं बटालियनको बर्डर आउट पोस्ट पथनपाराका सतर्क सीमा जवानहरूले एक बांग्लादेशी नागरिक सहित एक भारतीय दलाललाई समाएका छन्। पक्रा परेको बांग्लादेशीको नाम मोहम्मद बिलाल हुसैन (२८) हो जबकि भारतीय दलालको नाम रतन सेन (१८) हो।

प्राप्त जानकारी अनुसार, पक्रा परेको बांग्लादेशी नागरिक मोहम्मद बिलाल हुसैनले आफू नेपालको काठमाण्डौंमा दर्जीको रूपमा काम गर्न नोभेम्बर २०२३ मा नेपाल गएको खुलासा गऱ्यो। हुसैन आफ्नो नौकरीसित सन्तुष्ट थिएन र उसले पुनः बांग्लादेश फर्किने योजना बनायो। जसको निम्ति उसले भारतबाट बांग्लादेशसम्म सुरक्षित घुसपैठको निम्ति भारतीय दलाल रतन सेनसित सम्पर्क गऱ्यो।

रतनले उसलाई सतकुड़ामा बार नभएको सीमा क्षेत्रमा लग्यो। तर अवैध रूपमा आईबी पार गर्नअघि सतर्क बीएसएफ जवानहरूले उनीहरूलाई समाए। रतन एक नामजद अपराधी हो। त्यस विरूद्ध साल २०२२ मा मानव तस्करीका अलग-अलग मामिलाहरूमा दुई एफआईआर पनि दर्ता गरिएको छ। पक्रा परेको बांग्लादेशी नागरिक सहित भारतीय दलाललाई जफत समानको साथ कोतवाली थानालाई सुम्पिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement