बंगाल सरकारको दाबी- राज्यमा एउटै पनि कोरोना रोगी छैन

कोलकाताः देशभरिमा कोरोनाको तीव्र सङ्क्रमणबीच पश्चिम बंगाल सरकारले पनि सतर्कता अपनाउनु शुरू गरेको छ। राज्य सरकारले भन्यो, अहिले राज्यमा एउटैपनि कोरोना संक्रमित रोगी छैन। पश्चिम बंगाल स्वास्थ्य विभागले देशमा कोरोना मामिलाहरूमा वृद्धिबीच केन्द्रको दिशानिर्देशहरू अऩुसार, इन्फ्ल्यूएन्जा जस्तो रोग (आईएलआई) र गम्भीर सास संक्रमण (एसएआरआई) मामिलाहरूको निगरानी जारी राख्नेछ।

बिहिवार एक वरिष्ठ अधिकारीले भने, एक दिनअघि बुधवार विभागका प्रतिनिधिहरूले दिनको शुरूआतमा केन्द्रिय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाको अध्यक्षतामा भएको राज्यहरूको एक उच्च स्तरीय समीक्षा बैठकमा भाग लिएका थिए। केन्द्र सरकारले धेरै प्रकारले सतर्कता अपनाउने सुझाउ दिएको छ। अधिकारीले भऩे, हामी स्वास्थ्य मन्त्रालयको दिशानिर्देशहरू अनुसार आफ्नो निगरानी गतिविधिहरू जारी राख्नेछौं। हाम्रो राज्यमा यस समय कोरोनाको एउटैपनि मामिला छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement