चिकन विक्रेताहरूले मनमानीपूर्वक बढ़ाए दाम

कोलकाताः खुदरा बजारमा खाद्य पदार्थको दाम नियन्त्रण गर्न मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशको कुनै असर परेको देखिएको छैन। यसको निम्ति बनाइएको टास्क फोर्सको कारबाही पनि निष्फल साबित भएको छ, किनकि कोलकातामा गत १० दिनमा शहरमा चिकनको खुदरा दाममा लगभग ६० रूपियॉंप्रति किलोग्राम बढेको छ।आवश्यक वस्तुहरूको मूल्यलाई नियन्त्रित गर्न गठित टास्क फोर्सका एक सदस्य अनुसार, कोलकाताको खुदरा बजारमा चिकनको औसत दाम २२० देखि २३० रूपियॉंप्रति किलोग्रामबिच छ। जबकि, एक हप्ताअघि चिकनको दाम १६० रूपियॉंदेखि १७० रूपियॉंप्रति किलोग्रामबिच थियो।टास्क फोर्सका सदस्य अनुसार, जाडो आउनसाथ शहरका विभिन्न भागहरूमा भाइरसको हमलाका कारण पोल्ट्री फार्ममा कुखुराको मृत्युको मामिला अघि आउन थालेको छ, जस कारण शहरको खुदरा बजारमा चिकनको आपूर्तिमा बाधा उत्पन्न भयो र दाम बढोतरी हुन थाल्यो। उनले अघि भने, पश्चिम बंगालमा प्रत्येक महिना चिकनको औसत माग लगभग ३.५ लाख किलोग्राम छ, जुन सालको अन्तमा पिकनिकका कारण बढ्ने गर्दछ। तर, यो साल भाइरसका कारण कुखुराहरूको मृत्यु भएपछि पर्याप्त आपूर्ति हुन सकेको छैन। चिकनका साथै अण्डाको दाममा पनि वृद्धि भएको छ, यस कारण मध्यम वर्गका उपभोक्ताहरूलाई मार्का परेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement