कालचिनीः हालै मात्र प्रदेश कंग्रेसको महासचिव पदमा निर्वाचित बनेको विनय तामाङ बिहीबार हठात कालचिनी आईपुगेका थिए। पार्टीको कामले अलिपुरद्वार आईपुगेका कंग्रेस नेता कालचिनीका कंग्रेस नेता पासाङ लामासँग भेट गर्न कालचिनी आउँदा पासाङ लामा र तिनको समर्थकहरुले विनय तामाङलाई भव्य स्वागत जनाएको थियो।
पत्रकारहरुसित कुनै कुरा नखोलाएता पनि पार्टीको कामले डुवर्स आउँदा कालचिनीमा पासाङ लामासित भेटघाट गरिएको विनय तामाङले जनाएका छन्। यस क्रममा विनय तामाङ लगायत कंग्रेसको अलिपुरद्वार जिल्ला कार्यकारी अध्यक्ष डा. सान्तानु देवनाथ एवम् अन्यान्य कंग्रेसको नेताहरू उपस्थित रहेको थियो।









