गाडीधुराको राईजिङ स्टार अंग्रेजी स्कूलले ९औं वार्षिक कार्यक्रम साथै अभिभावक दिवस

IMG-20231221-WA0215.jpg

शिक्षक देवेन गजमेर, संगीतकार रुपेस रसाईली र कवि हनोक थापालाई सम्बर्ध्दना

खरसाङ: खरसाङ खण्ड अन्तर्गत गाडीधुरास्थित राईजिङ स्टार ईग्लिस स्कूलले आज ९औं वार्षिक एंवम् अभिभावक दिवस पालन गरेको छ। उक्त कार्यक्रममा नै तीनजना विशिष्ट व्यक्तिहरू क्रमैले शिक्षामा पंखाबारी उच्चत्तर माध्यमिक विद्यालयको शिक्षक प्रभारी देवेन गजमेर, संगीतमा संगीतकार रुपेस रसाईली र साहित्यमा कवि एंव पत्रकार हनोक थापालाई सम्बर्ध्दना जनाइएको छ। स्कूलका भूतपूर्व विद्यार्थी अनुश्री रामुदामुले सञ्चालन गरेको कार्यक्रममा अतिथिहरू पंखाबारी अम्बटे लंगभ्यु समष्टिको क्षेत्रीय सभासद एंव जीटीएको कार्यकारी सभासद कल्पना प्रधान, मनोनित सभासद प्रणाम रसाइली, चिम्नी देउराली समष्टि सभासद श्याम शेर्पा, सन्त मेरि तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जन, उप-प्रधान सन्तोष तामाङ, पंखाबारी उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी देवेन गजमेर, खरसाङका वरिष्ठ संगीतकार रूपेश रसाइली, एभरग्रिन ईंग्लिश स्कूलका प्रधानध्यापक जिनोद परियार लगायत विभिन्न संघका प्रतिनिधिहरू साथै अन्यहरू उपस्थित थिए। स्कूलका प्रधानध्यापिका लक्की छेत्री रामुदामुद्वारा स्वागत मन्तव्य राखेपछि शुरू भएको कार्यक्रममा कक्षा एलकेजी अनि युकेजीका नानीहरूद्वारा राइमस् प्रस्तुत गरेका थिए। यसै गरी स्वागत नृत्य कक्षा तीनका लभनिया छेत्रीले संगीला थापा राईद्वारा निर्देशित भारतीय क्लासिकल प्रस्तुत गरेका थिए। शिक्षिका संगिता छेत्रीद्वारा निर्देशित अंग्रेजी नृत्य कक्षा एलकेजी अनि युकेजीका नानीहरूद्वारा प्रस्तुत गरेका थिए। कार्यक्रममा आयुष्मान लकान्द्रीद्वारा हिन्दी गीत प्रस्तुत गरिएको थियो जसलाई शिक्षिका ईशा थापाले प्रशिक्षित गरेका थिए। यसै गरी स्कूलको पक्षबाट शिक्षा, साहित्य र संगीतमा असल कार्य गर्दै आएका तीनजना क्रमैले शिक्षाको क्षेत्रमा पंखाबारी उच्चतर माध्यमिक विद्यालयका शिक्षक प्रभारी देवेन गजमेर, साहित्य क्षेत्रमा साहित्यकार तथा पत्रकार हनोक थापा र संगीत क्षेत्रमा संगीतकार रूपेश रसाइलीलाई सम्बर्द्धना जनाइएको थियो। तीनैजनालाई अतिथिहरूको बाहुलीबाट खदा लगाई स्मृति चिन्ह साथै स्वयमको तस्वीर प्रदान गरी सम्बर्ध्दना जनाइएको थियो। यसै गरी शिक्षिका नुरसाङ्ग गोलेद्वारा निर्देशित हिन्दी नृत्य कक्षा एकदेखि चारसम्मका विद्यार्थीहरूद्वारा प्रस्तुत गरिएको थियो। कार्यक्रमलाई उपस्थित अतिथि सभासद प्रणाम रसाइली साथै कार्यकारी सभासद कल्पना प्रधानले सम्बोधन गरेका थिए। कक्षा युकेजीका विद्यार्थी कनिष्कर छेत्रीले सुर्दशन अम्बटेद्वारा रचित कविता घडीले भन्छ वाचन गरी सबैको मन जितेका थिए। स्कूलका शिक्षिका अनिता टोप्पोद्वारा निर्देशित आदिवासी नृत्य कक्षा एक दुई र तीनका नानीहरूले प्रस्तुत गरेका थिए।

कार्यक्रमको अन्तिम प्रस्तुति शिक्षिका रेबिना राईद्वारा निर्देशित नेपाली नृत्य थियो।
कार्यक्रममा साल २०२३ भरि गरिएको विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थी नानीहरूलाई पारितोशिक वितरण गरियो साथै वार्षिक परीक्षा २०२३ मा प्रथम, द्वितीय र तृतीय भएका नानीहरूलाई पारितोसिक वितरण गरियो। सिद्धान्त फाउन्डेसनद्वारा दिइने नगद रूपियाँ तीन हजार कक्षा चारका सर्वोच्च अंक ल्याइ उत्तीर्ण हुने विद्यार्थी सार्थक छेत्रीलाई फाउन्डेसनका संस्थापक सुवास छेत्रीको बाहुलीबाट प्रदान गरिएको थियो। त्यसरी नै साल २०२३ को स्टुडेन्ट अफ् द ईयर कक्षा तीनको मानाजिर असनलाई प्रदान गरियो। कार्यक्रममा अभिभावकहरू लगायत स्कूलका शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement