पुलिसले सुम्पिदिए पर्यटकको हराएको मोबाइल

Untitled-16-1024x576.jpg

सिलगढ़ी: भक्तिनगर थाना पुलिसले पर्यटकको हराएको मोबाइल फोन जफत गरी बिहिवार फर्काएको छ। पर्यटक पनि आफ्नो हराएको फोन पुनः पाएर खुशी देखियो। पुलिस सूत्रहरू अनुसार, १७ दिसम्बरमा गान्तोकदेखि बालूबहादुर छेत्री सिलगढ़ी पुगेका थिए।

यस अवधि उनको मोबाइल फोन हराएको थियो। जसपछि उनले थानामा यसको लिखित शिकायत दर्ता गराएका थिए। दर्ता शिकायतपछि जाँच शुरू गरियो। यस अवधि उक्त क्षेत्रमा लागेको सीसीटीभी फुटेजबाट टोटो चालकको पहिचान गरियो। यसपछि टोटो चालकलाई समाएर चालकदेखि मोबाइल फोन जफत गरियो। आज हराएको मोबाइल पर्यटकलाई सुम्पियो।

बालूबहादुर छेत्रीले भने, उनी टोटोमा सेवक रोडतिर गइरहेका थिए। टोटोबाट झरेर हेर्दा उनीसित मोबाइल थिएन। फेरि उनले पुलिससित सम्पर्क गरेका थिए। उनले पुलिसप्रति धन्यवाद व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement