मिरिकमा क्रिसमस उत्सव पालन

IMG-20231221-WA0192.jpg

मिरिक: हिमालयन गुड न्युज नेटवर्किङ मिनिट्री अनि हिमालयन गाेस्पेल टिमकाे आयाेजनामा मिरिक कृष्णनगरस्थित गार्डनमा आज भव्यताकाे साथमा क्रिसमस उत्सव पालन गरिएको छ। यस अवसरमा विभिन्न चर्चका इसाई समुदाय लगायत हिमालयन गुड न्युज नेटवर्किङ मिनिट्रीका संयाेजक रेभरेन्ट एन जोसवा शर्मा, हिमालयन गाेस्पेल टिमका आलाेक हिङमाङ, सुन्दरम मंग्राती आदि उपस्थित थिए। कार्यक्रमकाे शुरूमा मिरिक पर्यटन केन्द्रमा सफाई अभियान गरियाे भने शुरूकाे प्रार्थना पीबी राईले गरेका थिए। कार्यक्रममा गीत नृत्य आदि प्रस्तुत गरियाे भने प्रभु यीशुकाे सन्देश प्रवाह आलाेक हिङमाङ अनि प्रभाती हिङमाङले गरेका थिए।

यस अवसरमा बाेल्दै हिमालयन गुड न्युज नेटवर्किङ मिनिट्रीका संयाेजक रेभरेन्ट एन जाेशवा शर्माले दिसम्बर महिनाभरि प्रभु यीशुकाे जन्माेत्सव पालन गर्ने क्रममा आज मिरिक पर्यटन केन्द्र परिसरमा क्रिसमस पर्व पालन गरिएकाे जानकारी गराएका छन्। उनले हाल प्रत्येक गाँउघर, मण्डली, चर्चहरूमा क्रिसमस पर्व भव्यताकाे साथ पालन भइरहेकाे जानकारी गराए। उनले यीशु ख्रीष्ट संसारकाे मानिसलाई मुक्ति प्रदान गर्न संसारमा आएकाे अनि प्रभु यीशु जीवित रहेकाे हामी मान्छाैं। यसैले हामी प्रभु यीशुकाे जन्माेत्सव दिसम्बर महिनाभरि पालन गर्छाैं भने। उनले प्रभु यीशुले सबैलाई अनन्तले बाँच्नपर्छ भनी सिकाँछन्। सबैलाई जीवन दिनु उनकाे जन्म भएकाे हाे भन्दै प्रभु यीशु इसाईहरूकाे मात्रै हाेइन सबैकाे लागि हाे। धनी, गरीब, राजा, राेगी सबैकाे लागि हाे भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement