वरिष्ठ पत्रकार केशव प्रधानलाई पहिलो दार्जीलिङ प्रेस गिल्ड सम्मान

IMG-20231221-WA0182.jpg

पत्रकारिता कलात्मक पेशा हो यसको विश्वासनीतालाई हराउनु दिनु हुँदैन: केशव प्रधान

दार्जीलिङ: वरिष्ठ पत्रकार केशव प्रधानलाई पहिलो दार्जीलिङ प्रेस गिल्ड सम्मान प्रदान गरिएको छ। वरिष्ठ पत्रकार केशव प्रधानलाई दार्जीलिङ प्रेस गिल्डको २३औं स्थापना दिवस समारोहमा नै कार्यक्रमको मुख्य अतिथि जीटीएको प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट सम्मान जनाइएको छ। उक्त सम्मानमा खदार्पणसहित शल ओढ़ाएर साथै दार्जीलिङ प्रेस गिल्डको लोगो अंकित स्मृति चिन्ह र सम्बर्ध्दना पत्र प्रदान गरी सम्मान जनाइएको छ। यस अवसरमा आफ्नो सम्बोधन राख्दै वरिष्ठ पत्रकार केशव प्रधानले पत्रकारिता कलात्मक पेशा हो भन्दै पत्रकारिताको विश्वासनीयतालाई जोगाएर राख्नुपर्छ अनि पत्रतारिताको विश्वासनीयतालाई हराउनु हुँदैन भनी बताएका छन्। उनले आफ्नो सम्बोधनमा चालिस वर्षको पत्रकारिता क्षेत्रको अनुभवहरू सेयर गरेका थिए। कार्यक्रमको अन्त्यमा वरिष्ठ पत्रकार केशव प्रधानले दार्जीलिङ प्रेस गिल्डको पत्रकारहरूसित पत्रकारिता विषयमा अन्तर्क्रिया पनि गरेका थिए जसमा पत्रकारहरूले विभिन्न प्रश्नहरू राखेका थिए। ती सबै प्रश्नहरूको उत्तर दिएका थिए।

स्मरण गराईन्छ वरिष्ठ पत्रकार केशव प्रधानले विगत ४० वर्षदेखि आफ्नो पत्रकारिता यात्रा शुरू गरेका थिए। उनले दार्जीलिङमा १९८६ को आन्दोलन समयमा साथै नेपालको माओवादी आन्दोलनक समयमा पनि पत्रकारिता गरेका थिए। उनी भारतको विभिन्न क्षेत्रहरू गुजरात, कोलकोता, उडिस्सा दार्जीलिङ साथाटै नेपाल र भूटानतिर पनि पत्रकारिता गरेका थिए।

About Author

Advertisement