गुवाहाटी: कठ्याङ्ग्रिने जाड़ो भएपनि मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा हिजो राति गुवाहाटीको सड़कहरूमा उत्रे। मुख्यमन्त्री ट्राफिक पुलिस अधिकारीहरूका साथ उनीहरू पेट्रोलिङमा सामेल भए औं व्यक्तिगत रूपमा ट्राफिक स्थितिको जाँच गरे। जसको उद्देश्य मदिराको नशामा गाड़ी चलाउँदा हुने गरेको मृत्युलाई रोक्नु हाे।
यसअघि २ दिसम्बरमा असमका पुलिस महानिदेशक (डीजीपी) जीपी सिंहले सड़क सुरक्षालाई लिएर भने, असम सरकारले सुरक्षित सड़क सुनिश्चित गर्न १५ दिसम्बरदेखि सड़क सुरक्षामा एक विशेष अभियान शुरू गरेको छ। प्रत्येक पल्ट नयाँ सालको अवसरमा सड़क दुर्घटनाहरूमा वृद्धि चिन्ताजनक हो। यसको समाधानको निम्ति हामी सड़क सुरक्षा उपायहरूको समीक्षा र रणऩीति बनाउन परिवहन, एनएचएआई र अन्य सम्बन्धित विभागहरू सहित सबै हितधारकहरूलाई सामेल गर्दै मासिक बैठकहरू आयोजित गर्छौं।
डीजीपीले यस मद्दाको प्रभावी तरीकाले निदानको निम्ति विभिन्न विभागहरूबीच सहयोगात्मक प्रयासहरूको महत्वमाथि प्रकाश पार्दै भने, हामी फेस्टिभ सीजनमा सड़क सुरक्षालाई प्राथमिकता दिन नियमित रूपमा निर्देश र सुझाउ जारी गरिरहेका छौं। हाम्रो आगामी अभियानको लक्ष्य यी प्रयासहरूलाई अझ् तीव्र गर्नु हो।








