जंगली चितुवा पिँजडामा

IMG-20231221-WA0138.jpg

जलपाईगुडी: अन्ततः नागेश्वरी चिया बगैचा मजदुरहरुको त्रासको अन्त्य भयो। बिहानै खोरमा चितुवा देखेपछि सबैले राहतको सास फेरे। आज बिहान मेटेल्ली थानाको अन्तर्गत नागेश्वरी चिया बगानका मजदुरले चितुवालाई खोरमा थुनिएको अवस्थामा फेला पारेका हुन्। यो चितुवाले नागेश्वरी चिया बगान नजिकैको क्षेत्रमा केही दिनदेखि आतंक मच्चाएको थियो। क्षेत्रमा त्रासको वातावरण छाएको‌ थियो। अन्ततः बिहीबार बिहान बगैंचाको खण्ड १२ र १३ को बीचमा रहेको खोरमा पूर्ण वयस्क चितुवा फसेको थियो। खबर पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थल पुगेका थिए। वनकर्मीले चितुवालाई फेरि जंगलमा लगे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement