कालचिनीमा हात्तीको हमलामा चार जना घाइते

gdh.png

कालचिनी: कालचिनीको बुकिनबारी चियाकमान इलाकाको एउटा घरमा गत अबेर राति हात्तीको हमलामा एउटै परिवारका चारजना सदस्य घाइते भएका छन्। घाइतेहरूमा दुईजना शिशु सामेल छ। प्राप्त जानकारी अनुसार गत अबेर राति कालचिनीको बुकिनबारी चियाकमान इलाकामा जङ्गली हात्तीको झुण्ड प्रवेश गर्यो। हात्तीको झुण्डबाट केही हात्ती छुट्टिएर चियाकमान इलाका निवासी विकास माझीको सुपारीको बगानमा ताण्डव मच्चाउनको साथै केही हात्तीले विकासको घर तोडफोड गर्न थाल्यो। आवाज सुनेर विकास, तिनका स्वास्नी र दुईजना नानी त्यहाँबाट भाग्ने प्रयास गरे तापनि चारैतिरबाट हात्तीले तिनीहरूलाई घेरेकोले गर्दा तिनीहरू पलङमुनि लुके। यसपछि हात्तीको झुण्डले पलङ भत्काउने प्रयास गर्दा तिनीहरू घाइते भएको बताइएको छ। पछि स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई उद्धार गरेर लताबारी अस्पतालमा लगियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement