पश्चिम बंगाल राज्य सरकारी कर्मचारी महासंघको पहिलो उत्तर बंगाल सम्मेलन २२ डिसेम्बरमा हुने

IMG-20231221-WA0170.jpg

सिलगढी: पश्चिम बंगाल राज्य सरकारी कर्मचारी महासंघको पहिलो उत्तर बंगाल सम्मेलन भोलि हुने भएको छ। यो सम्मेलन सिलगढीको दीनबन्धु मञ्चमा आयोजना हुँदैछ। बिहीबार दिउँसो सिलगढी जर्नलिस्ट क्लबका पत्रकारहरुलाई भेट्दै संगठनका सदस्यहरुले बताएका छन्। सम्मेलनमा उत्तर बङ्गालका ५ जिल्लाका संस्थाका सदस्य सहभागी हुने बताइएको छ। सम्मेलनमा तृणमूल कांग्रेसका शीर्ष नेताहरू पनि सहभागी हुनेछन्। सम्मेलनमा आगामी दिनमा संगठनले कसरी काम गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement