संसदको यसै शीतकालीन सत्रमा नै गोर्खाल्याण्डको बील पास हुनुपर्छ भन्ने मांग लिएर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा खरसाङदेखि दार्जीलिङसम्मको पैदल यात्रा

IMG-20231221-WA0117.jpg

खरसाङ: संसदको यसै शीतकालीन सत्रमा नै गोर्खाल्याण्डको बील पास हुनुपर्छ भन्ने मांग लिएर गोर्खाल्याण्ड एक्टिभिष्ट समूहद्वारा आज खरसाङदेखि दार्जिलिङसम्मको पैदल यात्रा गरेका छन्। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको प्रमुख किशोर प्रधानको अगुवाईमा नौ सदस्य टोली आज बिहान ८:१० बजेदेखि खरसाङ बजारबाट पैदल यात्रा शुरु गरेर दार्जिलिङतर्फ लागेका छन्। नौजनाको टोली खरसाङबाट पैदल यात्रा गर्दै गोर्खाल्याण्डको बील संसदमा यसै शीतकालीन अधिवेशनमा पारित हुनु पर्ने मांग गर्दै दार्जिलिङ हिँडेका छन्। गोर्खाल्याण्ड एक्टिभिष्ट समूहको प्रमुख किशोर प्रधानले हातले तिरंगा लिएर पैदल यात्रा गरिरहेको देखिएको छ। उक्त समूह खरसाङबाट पैदल यात्रा गर्दै केही माथि सन्त मेरिज क्षेत्रमा आईपुग्दा पत्रकारहरूसित कुराकानी किशोर प्रधानले संसदमा यसै शीतकालीन सत्रमा गोर्खाल्याण्डको बील पारित हुनुपर्छ भन्ने मांग छ भन्दै भारतीय जनता पार्टीले हामी गोर्खाहरूलाई जुन आशा देखाएको थियो त्यो पूरा गरेको हुनुपर्छ भनी मांग गरेका छन्। उनले हामी अन्तिम श्वास भएसम्म गोर्खाल्याण्डको आशा राख्नेछौं भनी बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement