२३ देखि ३० सम्म गान्तोकमा आमासा हिलिङ क्याम्प लाग्ने

IMG-20231221-WA0000.jpg

गान्तोक: आध्यात्मिक हेभेन्ली निर्भाना पाथले दोस्रोपल्ट गान्तोकमा “आमासा हिलिङ क्याम्प” क्याम्प लगाउने भएको छ। यसपल्ट पनि यो क्याम्प यहाँको ठाकुरबाड़ी मन्दिरमा लाग्नेछ। आगामी २३ देखि ३० दिसम्बरसम्म चल्ने यो उपचार शिविर पूर्णरुपले निःशुल्क रहेको छ। उल्लेखनीय छ, हेभेन्ली निर्भाना पाथले यस अघि गत अप्रेल महिनामा पनि ठाकुरबाड़ी मन्दिरमा ७ दिनको आमासा हिलिङ क्याम्प लगाएको थियो जसमा करिब १७ सयजनाले स्वास्थ्य लाभ लिएको दावी गरिएको छ।

आमासा अर्थात आत्मा, मन र शान्ति हेभेन्ली निर्भाना पाथ तथा प्रेमवादका प्रवर्दक मास्टर गड एञ्जलले सिर्जना गरेको एउटा प्रकृतिक उपचार पद्धती हो जसमा जन्मैदेखिको अपाङ्गपन र शल्यकृया गर्नुपर्ने रोगहरू बाहेक अरु सबै रोगको उपचार सम्भव रहेको दावी गरिन्छ। हेभेन्ली निर्भाना पाथले सिक्किमका विभिन्न जिल्लामा वर्षैभरि यो क्याम्प लगाउँदै आएको छ। हाल पनि सबै जिल्लामा क्याम्प लागिरहेको सङ्गठनकी संयुक्त सचिव विध्या राईले बताइन्।

आयोजक पक्षले जानकारी गराएअनुसार शिविरको अन्तिम दिन हेभेन्ली पाथका संस्थपक मास्टर गड एञ्जल स्वंय उपस्थित रहनेछन्।

About Author

Advertisement