असमका युद्धवीर राणालाई नेपाली भाषामा २०२३ को साहित्य अकादमी पुरस्कार

IMG-20231220-WA0196.jpg

गान्तोक: असम डिगबोई निवासी प्रवीण साहित्यकार, शिल्पी, कवि युद्धवीर राणा सन् २०२३ को साहित्य अकादमी पुरस्कारले सम्मानित भएका छन्। उनको पुस्तक नेपाली लोक साहित्य र लोक संस्कृतिको परिचय ग्रन्थका लागि उनलाई यस वर्षको साहित्य अकादमी पुरस्कार प्रदान गरिएको हो।

११ दिसम्बर, १९३९ मा असमको डिगबोइमा जन्मिएका युद्धवीर राणा बहुप्रतिभाका धनी हुन्। नेपाली साहित्य, कला, लोकसंस्कृति र जातीय मौलिक चिन्हारीका क्षेत्रमा उनले पुऱ्याएको योगदान विशिष्ट छ। काष्ठकलामा उनको असाधारण क्षमताले असम राज्यमा विशेष प्रतिष्ठा कमाएको छ। हरिभक्त कटुवालका समकालीन उनले सन् २०१८ मा मात्र उहाँले हरिभक्त कटुवालका पाँचवटा गीत, भविलाल लामिछानेका चारवटा अनि आफ्ना चारवटा गीतहरू गाएर एउटा गीति एल्बम तयार पारेका थिए।

जातीय चेतनाले भरिएको ‘चिहान नपाएका तक्माहरू’ (सन् १९८२) उनको प्रसिद्ध लामो कवितासङ्ग्रह हो। लोकसाहित्य तथा संस्कृतिको संरक्षण एवं प्रवर्धनमा उहाँले महत्त्वपूर्ण काम गरेका छन्। यसभन्दा अघि सन् २०२२ मा उनी बद्रीनारायण प्रधान स्मृति पुरस्कारले पनि सम्मानित भइसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement