विधानसभा अध्यक्ष उप्रेतीले जनाए जोरथाङमा आयोजित पूजामा सहभागिता

IMG-20231220-WA0194.jpg

गान्तोक: दक्षिण जिल्लाको जोरथाङ खेल मैदान परिसरमा गत १३ दिसम्बरदेखि आयोजन भइरहेको नव दिवसीय अष्टोत्तरशत श्रीमद्वभागवत महापुराण एवं नव कुण्डीय दैविक आपदा निवारण,विश्व शान्ति महायज्ञको आज आठौँ दिनको अवसरमा सहभागिता जनाए। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा यहाँको खेल मैदान परिसरमा आपदा निवारण हेतु विभिन्न जग्गाबाट आएका पुरोहित पण्डितहरूद्वारा चण्डी, रूद्री, वेद अनि पुराण आदिका पवित्र मन्त्रोच्चारण गरिँदैछ भने कथावाचन पनि भइरहेको छ। यस अनुष्ठानको भोलि समापन हुने आयोजक समितिले जानकारी गराएको छ। आज आफ्नो सहभागिता जनाउने क्रममा विधानसभा अध्यक्ष उप्रेतीले सिक्किम र यहाँका जनताको सुख, शान्ति, समृद्धि र कल्याणका लागि पूजा अर्चना गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement