सिलगढी: मेयर गौतम देव सिलगढी नगर निगम वार्ड नम्बर १८ खुदिराम कोलोनीका ३० जनालाई नयाँ घरको साँचो हस्तान्तरण गरिएको छ। संयोगले गत १८ नवम्बर कैयौं घर जलेर खरानी भएको थियो। खुदिराम कोलोनीका बासिन्दा सबैकुरा गुमाएका थिए र खुला आकाशमुनि बस्न बाध्य थिए। तर त्यतिबेला मेयर गौतम देवले उनलाई नयाँ बसोबास दिने आश्वासन दिएका थिए। एक वर्षपछि मेयर गौतम देवले उत्तरायण नाम दिइएको खुदिराम कालोनीका ३० परिवारलाई नयाँ घरको साँचो हस्तान्तरण गरेका छन्।

सिलगढी कञ्चनजङ्घा स्टेडियमको मञ्चबाट मुख्यमन्त्री ममता बनर्जीले अब कुनै पनि क्षेत्रलाई बस्ती भन्न नसकिने बताइन् र मुख्यमन्त्रीले बस्तीलाई नयाँ नाम उत्तरन दिएका थिए। त्यस्तै सिलगढी र उत्तर बङ्गालको पहिलो उत्तरन आज उद्घाटन गरियो।