मन्त्री लेप्चाले गरे लगब्रीजको उद्घाटन

IMG-20231220-WA0193.jpg

गान्तोक: लाचेन मङ्गन निर्वाचन क्षेत्रका विधायक एवम् सडक तथा पुल विभाग मन्त्री साम्डुप लेप्चाको मार्ग निर्देशनमा सा-साना सवारी आवतजावतका लागि लग ब्रीजको निर्माण गरिएको छ।

चुङथाङ र नागा टुङ ग्राम पञ्चायत यूनिटका युवाहरूको संयुक्त प्रयासमा लग ब्रीजको निर्माण गरिएको हो। यस पुलको उद्घाटन आज मन्त्री लेप्चाले गरे।

यसरी विभिन्न निकायहरू बीचको सहकार्य साथै एकीकृत प्रयासको कारण उत्तर जिल्लाको विभिन्न गाउँलाई जोड्न सकिने भएको कारणले पूर्वाधार विकासलाई बढावा दिनको निम्ति युवाहरू अघि आएका हुन्।

उल्लेखनीय छ, गत ४ अक्टोबरको राति लोहनार्क झील परिसरमा बादल फाटेपछि त्यहाँबाट आएको पानी टिस्टा नदीमा मिश्रित हुँदा टिस्टा नदीले उग्ररूप लिएको थियो। यसरी टिस्टा नदीले उग्ररूप लिएपछि उत्तर जिल्लालाई व्यापकरूपमा प्रभावित तुल्याएको थियो।

यसरी पुल र सडक भत्किएपछि उत्तर जिल्लाका विभिन्न स्थानहरसॅग सम्पर्क विच्छेद बनेको थियो। तर बिस्तारै राज्य सरकारको प्रयासमा उत्तर जिल्लामा अस्थायीरूपमा भए तापनि पुलको निर्माण गरिन्दैछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement