अमेरिकाको पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव लड्नेबारे अनिश्चितता

Donald-Trump

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोलोराडोमा राष्ट्रपतिको प्राइमरी ब्यालोट रेसबाट प्रतिबन्ध लगाइएको छ। कोलोराडोको सर्वोच्च अदालतले १९ दिसम्बरमा एउटा निर्णयमा डोनाल्ड ट्रम्पले ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटल हिलमा भएको आक्रमणलाई उक्साएर पुनः चुनावमा उम्मेदवार हुने आफ्नो अधिकार गुमाएको बताएको छ। तर, अदालतले पूर्व अमेरिकी राष्ट्रपतिलाई देशको सर्वोच्च अदालतमा पुनरावेदन गर्न समय दिन तत्काल प्रभावबाट आफ्नो निर्णय कार्यान्वयनमा अस्थायी रोक लगाएको छ। रिपोर्टका अनुसार अदालतको यो निर्णय मार्च ५, २०२४ मा कोलोराडोमा हुने रिपब्लिकन प्राइमरीमा लागू हुनेछ। डोनाल्ड ट्रम्पको अभियान टोलीले कोलोराडो सर्वोच्च अदालतको फैसलाविरुद्ध अमेरिकी सर्वोच्च अदालतमा अपील गर्ने जनाएको छ।

राज्य अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्न उनीहरूसँग ४ जनवरी २०२४ सम्मको समय छ। यसपछि अमेरिकी सर्वोच्च अदालतले यो मुद्दाको सुनुवाइ गर्ने कि नगर्ने निर्णय गर्नेछ।

अमेरिकामा पनि सबै ५० राज्यमा सर्वोच्च अदालत छ। त्यहाँ यसलाई प्रत्येक राज्यको सर्वोच्च अदालत भनिन्छ। नेपालमा भने यसलाई उच्च अदालत भनिन्छ। यस बाहेक अमेरिकाको मुख्य सर्वोच्च अदालत छ। यदि अमेरिकी सर्वोच्च अदालतले कोलोराडो अदालतको निर्णयलाई समर्थन गर्छ भने डोनाल्ड ट्रम्प राष्ट्रपतिको दौडबाट बाहिरिनेछन् र यदि सर्वोच्च अदालतले राज्य अदालतको निर्णयलाई रोक्छ भने ट्रम्प चुनाव लड्न योग्य हुनेछन्। कोलोराडो अदालतले अमेरिकी संविधानको विद्रोह खण्डअन्तर्गत डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको चुनाव लड्न प्रतिबन्ध लगाएको छ। यो मुद्दा अमेरिकी संविधानको गृहयुद्धपछिको प्रावधानमा केन्द्रित छ जसले विद्रोहीहरूलाई सार्वजनिक पद धारण गर्न निषेध गर्दछ। उनीमाथि सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावको नतिजा उल्ट्याउन आफ्ना समर्थकहरूलाई ६ जनवरी २०२१ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्न उक्साएको आरोप लगाइएको छ। अमेरिकी इतिहासमा राष्ट्रपति पदको उम्मेद्वारलाई अयोग्य ठहराउन संविधानको १४ औं संशोधनको धारा ३ को प्रयोग गरिएको यो पहिलो पटक हो। डोनाल्ड ट्रम्पको अभियान टोलीको एक विज्ञप्तिमा भनिएको छ, ‘डेमोक्र्याट पार्टीका नेताहरू आगामी राष्ट्रपति चुनावमा ट्रम्पको प्रभावशाली नेतृत्वलाई लिएर अन्यौलमा छन्। उनीहरूले राष्ट्रपतिको रूपमा जो बाइडेनको असफल कार्यकालमा विश्वास गुमाए र अब अमेरिकी मतदाताहरूलाई अर्को नोभेम्बरमा उनलाई सत्ताबाट हटाउनबाट रोक्नको लागि सबै सम्भव प्रयास गरिरहेका छन्।’

आयोवामा भएको बैठकमा डोनाल्ड ट्रम्पले यस निर्णयमा जो बाइडेनको हात रहेको बताए। उनी चुनाव बिथोल्न चाहन्छन् र आफ्नो जितका लागि अमेरिकी संविधानको उल्लङ्घन गर्न तयार छन्। डोनाल्ड ट्रम्पले जो बाइडेन आगामी चुनावमा नराम्ररी हार्ने दाबी गरेका छन्, त्यसैले उनले चुनावमा बाधा पुर्‍याउन कानून प्रवर्तन एजेन्सीहरूलाई हतियार बनाएका छन्। ६ जनवरी २०२१ को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पराजय पछि, उनका समर्थकहरूले यूएस क्यापिटल हिललाई घेरे र भित्र पसे र गोलीबारी र तोडफोड गरे। यस हिंसामा चार जनाको मृत्यु भएको थियो। राष्ट्रिय राजधानी वासिङ्टन डिसीमा सार्वजनिक संकटकाल घोषणा गर्नुपरेको थियो। यस विषयमा डोनाल्ड ट्रम्पविरुद्ध अमेरिकाका धेरै राज्यमा मुद्दा दर्ता भएको छ। गोप्य कागजात आफ्नो निजी निवासमा पुर्‍याएको अभियोगमा उनीविरुद्ध मुद्दा चलिरहेको छ। एफबीआईले उनीमाथि लागेको आरोपबारे अनुसन्धान गरिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *