विवाहित व्यक्तिले लिव इनमा प्रेमिकाको हत्याको प्रयास गऱ्यो

कोलकाताः पश्चिम बंगाल पुलिसले राजपुर सोनारपुर नगरपालिकामा अस्थाई रूपमा काम गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ, जो विवाहित भएपनि लिव इनमा थियो। उसले एक युवतीसित प्रेम गऱ्यो र लिव इनमा बस्न थाल्यो, शारीरिक सम्बन्ध बनायो र फेरि उसलाई मार्ने प्रयास गऱ्यो। उसको पहिचान बाबू हलदारको रूपमा गरिएको छ।

जिल्ला पुलिस सूत्रहरूअनुसार, उसलाई बुधवार बारूइपुर न्यायालयमा पेश गरी हिरासतमा लिइएको छ। २४ नोभेम्बर साझँ गड़िया निवासी मिता गायन नाम गरेकी एक युवती गम्भीर अवस्थामा फेला परेकी थिइन्। उसलाई अस्पतालमा भर्ती गराइयो। युवती अहिले सुरक्षित छन् तर घटना भएदेखि नै बाबू भागेको थियो। उसको मोबाइल फोनको लोकेशन ट्रेस गरी पुलिसले मंगलवार राति उसलाई पक्राउ गरेको छ।

जानकारी अऩुसार, नगरपालिका कर्मचारीको रूपमा बस स्ट्याण्डमा उसको ड्यूटी थियो। त्यही मितासित उसको परिचय भएको थियो र पछि दुवै एक-अर्कासित प्रेम गर्न थाले। जब मिताले रिलेशऩशिपदेखि बाहिर आउने प्रयास गरिरहेको थिन्, तब युवतीमाथि प्राणघातक हमला गरिएको थियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement