‘मोडल हन्ट नेपाल २०२३’ मा ३८ प्रतियोगी छनोट

Screenshot_20231220_182451_Dailyhunt.jpg

काठमाडौं: ‘मोडल हन्ट नेपाल २०२३’ का लागि ३८ प्रतियोगी छनोट भएका छन्। अडिसनबाट १६ जना पुरुष र २२ महिला छनोट भएका हुन्। प्रतियोगिताको यो आठौं संस्करण हो ।छानिएका प्रतियोगी व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्यांग्वेज फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा जुटेका छन्। फिनाले २८ दिसम्बर सोल्टी होटलमा हुने जारी विज्ञप्तिमा उल्लेख छ ।पुरुष विजेताले अमेरिकाको पुएर्तो रिकोमा हुने रनवे मोडल इन्टरनेसनल र महिला विजेताले थाइल्याण्डमा हुने सुपर मोडल इन्टरनेसनलमा सहभागी हुने अवसर पाउने जनाइएको छ।
म्युजिक भिडियोमा अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागिताको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यत्ना पाण्डेले जानकारी दिइन्। पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको भन्ने चर्चामा उनले आफूहरुले महिला हकहित संरक्षण, सुरक्षा प्रत्याभूति गर्ने बताइन्। उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्य आफूहरुको रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *