कोलकाताः भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धऩ (आईएनडीआईए) ले २०२४ को लोकसभा चुनाउमा भाजपा नेतृत्व एनडीएको सामना गर्ने रणनीति तयार पार्न मंगलवार चौथो बैठक गऱ्यो। यसमा जनवरी महिनाको मध्यसम्म सीट बाँड्नमाथि निर्णय गरिने तय गरिएको छ। तर अब तृणमल कांग्रेसले यसमा गतिरोध शुरू गरेको खबर छ। पार्टीले कांग्रेसलाई दिसम्बरको अन्तसम्म सीट शेयरिङलाई लिएर निर्णय लिने अल्टीमेटम दिएको छ।
सूत्रहरू अनुसार, धेरै राज्यहरूमा सीट बाँड्नमाथि चर्चा बुधवारदेखि शुरू हुनेछ र यदि मामिला जटिल भयो भने अन्तिम विचार-विमर्शको निम्ति दिल्लीमा बैठक हुनेछ। यो आईएनडीआईए गठबन्धनको चौथो बैठक थियो, जसमा राहुल गान्धी, ममता ब्यानर्जी, अरविन्द केजरीवाल, फारूक अब्दुल्ला, नीतीश कुमार, लालूप्रसाद यादव, उद्धव ठाकरे, एमके स्टालिन, शरद पवार, अखिलेश यादव र रामगोपाल यादव सामेल भए।
तृणमूल कांग्रेसको सूत्रहरूले यो पनि भन्यो, न केवल तृणमूल कांग्रेस तर अन्य धेरै दलहरूका नेताहरूले दिसम्बरको अन्तसम्म सीट बाँड्नलाई अन्तिम रूप दिने कुरा गरेका छऩ्। जनवरीदेखि ८-१० संयुक्त जनसभाहरूको योजना बनाइने पनि खबर छ।
-हिस









