भारतीय हक्की टोली जर्मनीसँग पराजित भएको थियो भने अन्तिम खेलमा बेल्जियमसँग पराजित

Untitled-1-copy-54

पाँच राष्ट्र प्रतियोगितामा भारतीय पुरुष हक्की टोलीको खराब प्रदर्शन जारी रहँदा मंगलबार जर्मनीसँग २-३ ले पराजित हुँदै लगातार तेस्रो हार बेहोरेको छ। भारतका लागि पहिलो हाफमा अभिषेक (नवौं मिनेट) र शमशेर सिंह (१४ औं मिनेट)ले गोल गरे।

तर, दुई गोलले पछि परेपछि जर्मनीले बलियो पुनरागमन गर्दै माल्टे हेलविग (२८औं मिनेट), क्रिस्टोफर रुहर (५०औं मिनेट) र गोन्जालो पेइलाट (५१औं मिनेटमा) गोल गरे। यसअघि भारत स्पेनसँग ०–१ र बेल्जियमसँग २–७ ले पराजित भएको थियो।

भारतले राम्रो सुरुवात गर्दै पहिलो क्वार्टरमा अभिषेक र शमशेरको गोलमा २–० को अग्रता लिएको थियो। दोस्रो क्वाटरमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भएको थियो। दोस्रो क्वाटरको अन्तिम मिनेटमा हेलविगले गोल गर्दै भारतलाई हाफमा २–१ को अग्रता दिलाएका थिए।

अन्तिम क्वाटरमा रुहरले पेनाल्टी स्ट्रोकमा गोल गर्दै जर्मनीलाई बराबरीमा ल्याएको थियो भने अर्को मिनेटमा पेनाल्टी कर्नरबाट पेइलाटले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरेको थियो। भारतले आफ्नो अर्को खेल बुधबार फ्रान्ससँग खेल्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement