मिरिक: अल ख्रीष्टीयन माइनाेरेटी अर्गनाइजेसन केन्द्रीय समिति अनि मिरिक खण्ड समितिकाे आयाेजनामा मिरिक गार्डनमा पालन गरिएकाे प्रि क्रिसमस कार्यक्रममा लगभग 80 जना मानिसहरूलाई न्यानाे लुगा वितरण गरिएको जानकारी प्राप्त भएको छ। जाड़ोमा वितरण गरिएको न्यानो लुगाहरू अल ख्रीष्टीयन माइनाेरेटी अर्गनाइजेसन केन्द्रीय समितिको पदाधिकारीहरूको बाहुलीबाट वितरण गरिएको छ। पास्टर राेशन थापाले सञ्चालन गरेकाे कार्यक्रममा प्रभु यीशुकाे जन्म दिनबारे अल ख्रीष्टीयन माइनाेरेटी अर्गनाइजेसनका चेयरम्यान सामूएल बाग, उपाध्यक्ष डाक्टर अजय छेत्री, केन्द्रीय महासचिव डानियल रूबेन, पास्टर विष्णुकुमार बराइलीले इसाई समुदायले दिसम्बर महिनाभरि क्रिसमस उत्सव पालन गर्ने क्रममा मिरिकमा क्रिसमस उत्सव कार्यक्रम गरिएकाे बताए।










